<pre><b>असार , काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउडका सुपरस्टार आमिर खान फिल्मका लागि आफुले सकेसम्मको हद पार गर्ने एक्टरको रुपमा गनिन्छन्। यतिवेला उनी आफ्नो फिल्म ठग्स अफ हिन्दुस्तानको सुटिंग गरिरहेका छन्। यसैबिच फिल्मको लागि उनको नयाँ लुक्स बाहिरिएको छ। केही समय देखि सामाजिक संजालहरुमा उनको केही तस्विरहरुभाइरल भइरहेको छ। जसमा उनले आफ्नो नाक कान छेडाएर पिन लगाएका छन्। </p><p style="text-align: justify; ">तर यो लुक्सका लागि उनले ठुलो कष्ट सहन परेको छ। बताइ अनुसार कान र नाक छेडे पछि दुखाईका कारण उनी राम्रो संग आराम गर्न पनि नसक्ने भएका छन्। अहिले पनि उनको नाक र कान मा कसैले छोएमा उनलाई दुख्ने गरेको आमिरले बताएका छन्। यसका साथै फिल्मका लागि आमिरले आफ्नो तौल पनि घटाएका छन्। दंगल को समयमा उनको तौल १२० किलो थियो जसलाई घटाएर उनले अहिले ७० किलो बनाएका छन्। एजेन्सी</p>