‘कृ’को फस्टलुक सार्वजनिक , अनमोलको यस्तो लुक्स

असार, काठमाडौं।

नेपाली सिनेक्षेत्रमा छोटो समयमा नै आफ्नो स्टारडम कायम राख्न सफल नायक अनमोल केसीको  चलचित्र ‘कृ’ को फस्टलुक सार्वजनिक भएको छ । यस अघिका चलचित्रहरुमा लभर ब्वाईको रुपमा चिनिएका अनमोलको 'कृ'मा भने एक्सन अवतार देख्न सकिने भएको छ। चलचित्रको फस्टलुकमा पनि अनमोललाई क्रोधित रुपमा देखाइएको छ। चलचित्रका लागि अनमोलले लामो कपाल पालेका छन्। र सिक्स प्याक शरीर बनाएका छन्।

यसै चलचित्रका लागि भनेर अनमोलले आफ्नो नयाँ लुक्स केही समय देखि लुकाउँदै आएका थिए। उनको यो लुक्सलाई चलचित्र निर्माण पक्षले सस्पेन्सको रुपमा राख्दै आएको थियो। तर बिचमा एक पटक कलाकार महादेव त्रिपाठीले अनमोलको तस्विर बाहिर ल्याएका थिए।

चलचित्रले फस्टलुक सार्वजनिक गर्दै प्रर्दशन मिति पनि तोकेको छ। चलचित्र अब कार्तिक ३ गते बाट प्रर्दशनमा आउने भएको छ। साँढे २ करोड भन्दा बढी बजेटमा बनाइएको भनिएको यस चलचित्रलाई सुवास गिरी र भूवन केसी ले निर्माण गरेका हुन्।चलचित्रमा अनमोल का साथै  अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।भने  चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।