केपि ओलीको हातबाट धुर्मुस सुन्तलीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई सम्मान गरिएको छ । बुधबार काठमाडौंमा आयोजीत ‘दिगो विकासको आधारः स्थानीय सरकार’ विषयक विचार गोष्ठीमा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले नगद १ लाख १ रुपैया सहित धुर्मुस र सुन्तलीलाई मदन भण्डारी पुरस्कार प्रदान गरेका हुन् ।  सामाजिक कार्यमा निरन्तर लागिरहेको भन्दै आगामि दिनहरुमा पनि यस्तै सामाजिक कार्यमा हौसला मिलोस् भन्दै धुर्मुस सुन्तलीलाई  पुरस्कार हस्तान्तरण गरिएको हो ।

पुरस्कार पाएपछि धुर्मुस सुन्तलीले यो पुरस्कारबाट आफुहरुलाई थप उर्जा मिलेको र अहिले सुरुवात गरेको नमुना नेपाल परियोजना पुरा गरेर छाड्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै सुन्तलीले अहिलेको नमुना नेपाल परियोजना धेरैले महत्वकांक्षि भएन र भन्ने प्रश्न गर्ने गरेको बताइन् । साथै उनले ५ अर्ब लगानीमा बन्ने यो परियोजना महत्वकांक्षि भएपनि पुरा गरेर छाड्ने बताइन् । उनले यो भन्दा अघिका परियोजनामा ५ करोडको कुरा सुन्दा आफुलाई ठुलो लागेको तर अहिले सबै जनताले साथे दिनेहो भने यो ५ अर्वको ठुलो परियोजना पनि ठुलो नभएको बताइन् । उनले प्रत्येक नेपालीले रु. २०० का दरले दिनेहो भने पनि ६ अर्ब सजिलै उठ्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताको समेत उपस्थिति थियो । धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिमाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ ।

Video: