असार, काठमाडौं ।

काष्ठकला बस्तुमा ‘पतिना’ गर्ने ६ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ एवं हस्तकला डिजाईन तथा विकास केन्द्रको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

नेपाल हस्तकला महासंघको कार्यालयमा उक्त कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री रागिनी उपाध्याय प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाल हस्तकला महासंघका कार्य बाहक अध्यक्ष श्री किरणकुमार डंगोलले कार्यक्रमको सभापतित्वको आसन ग्रहण गरेका थिए । यस प्रशिक्षणबाट काष्ठकला विधामा विभिन्न रङ्गमा वस्तु उत्पादन भई वस्तुको आकर्षण बढ्न गई वस्तु अधिकतम मुूल्यमा बिक्री वितरण गर्न सकिन्छ । यस प्रशिक्षणमा जम्मा १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्याय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं हस्तकला विभागकी प्रमुख सुष्मा राजभण्डारी र नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं हस्तकला डिजाईन तथा विकास केन्द्रका सभापति सुनील चित्रकार लगायतका व्यक्तिहरुले आ(आफ्नो धारणा राखेका थिए ।