नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध प्रस्तुती दिँदै

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली गीत संगीतको चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध प्रस्तुती &nbsp;गर्ने भएको छ ।अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको चाहनालाई पुरा गर्दै नेपथ्यले यसपटक अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रस्तुती दिन लागेको हो।&nbsp;</p><p style="text-align: justify; ">यस यात्राको &nbsp;पहिलो नेपथ्य कन्सर्ट &nbsp;भिक्टोरीयाको मेलबोर्न सहरमा आयोजित हुने बताईएको छ। &nbsp; यतीएफसीको आयोजनामा जुलाइ ८ मा आयोजना हुने कार्यक्रमलाई यतीएफसीले आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपथ्यले आफ्ना चर्चित गीतहरुको प्रस्तुति दिनेछन्।त्यस्तै नेपथ्यको अर्को कार्यक्रम &nbsp;‘थ्रीकेजी इन्टरटेनमेन्ट’को आयोजनामा &nbsp;जुलाइ १५ मा हुनेछ। त्यसपछि भने नेपथ्य पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीमा पुग्नेछ । सिड्नीमा ब्याण्डले जुलाइ २२ तारिखको दिन आफूलाई प्रस्तुत गर्नेछ । सँधैझैँ नेपथ्यको पुरानो मित्र ‘म्याग्दीओभरसिज’ले आयोजना गर्ने यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुनापार्क’ स्थित बिग टप अडिटोरियममा आयोजना हुनेछ । नेपथ्यले यसअघि पनि उक्त हलमा आफ्नो &nbsp;प्रस्तुती दिईसकेको छ। &nbsp;</p><p style="text-align: justify; ">यो यात्राका लागि नेपथ्यको १० जनाको &nbsp;समुह यहि जुलाई ४मा अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन्। सधै जस्तै यस पटक पनि आफ्नो प्रस्तुतिका लागि विशेष तवर बाट गीतहरुको छनौट गरेको नेपथ्यका अगुवा तथा गायक अमृत गुरुङले &nbsp;बताएका छन्।&nbsp;</p>