चलचित्र ‘वीराङ्गना’ बन्ने, शिल्पासँगै धिरेन शाक्यपनि हुने

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

नयाँ चलचित्र 'वीराङ्गना'को निर्माण घोषणा गरिएको छ । नायिका  शिल्पा पोख्रेलको मुख्य भूमिका रहने गरी आज राजधानीमा चलचित्रको शुभ मुर्हुत समेत गरियो । चलचित्रमा नायिका शिल्पा पोख्रेल एक लडाकु महिलाको भूमिकामा देखिदैछिन् । उनीसँगै अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धीरेन शाक्य, सुनील दत्त पाण्डे, सुशील पोख्रेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

नेपालको सिमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा फिल्म निर्माण हुन लागिएको हो । गएको वर्ष प्रदर्शनमा आएको चलचित्र 'वृन्दावन'का निर्देशक राजबहादुर सानेले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रको कथा पनि निर्देशक सानेकै हो ।

विराङ्खाना नारी विरताको विषयमा बन्न लागको एक्शन चलचित्र भएको चलचित्रका निर्देशक राज बहादुर सानेले बताए । चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछन् भने देव तामाङ, सुमी चाम्लिङ राईले सहयोग गर्नेछन् । चलचित्रलाई हरि घले लामाले खिच्नेछन् । चलचित्रमा दिपक शर्मा र पुरुषेत्तम न्यापानेको संगीत रहनेछ । साथै श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहनेछ । चलचित्रका कार्यकारी निर्माता किशाृर झा हुन् ।

चलचित्रमा तालिम प्राप्त घोडा र बाँदरको पनि अभिनय रहनेछ । यसअघि सानेले फिल्म 'वृन्दावन'मा पनि बाँदरलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए । यस्तै, नायिका शिल्पा पोख्रेलले फिल्मको कथावस्तु मनपरेका कारण 'वीराङ्गना'मा काम गर्न लागेको बताइन् ।