नायिका श्रृष्टीको दाहिने हातको नाडीमा गम्भिर चोट, गरियो अप्रेशन

...

<pre><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र 'लाउरे'को छायांकनमा ब्यस्त रहेकी नायिका श्रृष्टी श्रेष्ठ घाइते भएकी छिन् । उनको दाहिने हातको नाडीमा गहिरो चोट लागेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । बुझिए अनुसार उनलाई शनिबार दिउँसो करिब ४ बजेको समयमा नर्भिक अस्पताल पुर्‍याइएको थियो र अस्पताल पुगर्याइए लगत्तै अप्रेशन गरिएको थियो । उनलाई के कारणले हातमा चोट लाग्यो त्यो भने खुलेको छैन ।</p><p style="text-align: justify; ">श्रृष्टिका प्रेमी नायक सौगात मल्लले आइतबार बिहान ‘लाउरे’ फिल्मको निर्माणपक्षलाई फोन गर्दै श्रृष्टीलाई १५ दिनको आराम चाहिएको भन्दै छायांकनबाट छुट्टी दिन आग्रह गरेका थिए । चलचित्रका निर्माता सुनिल रावलले केहि दिनको आराम पछि चलचित्र छायांकन गरिने बताएका छन् ।</p><div><br></div>