
<pre><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका तथा राजनितिज्ञ कोमल वली र गायक पशुपति शर्मा बिशेषतः तिज आएपछि नजिक हुन्छन् । यी दुई कलाकारले गएको बर्ष पनि तिजमा सँगै गीत गाए जुन गीत धेरै हिट पनि भएको थियो । यो बर्ष पनि राजनितिमा लागेकी कोमल वलीले गायक पशुपति शर्मालाई आफ्नो सल्लाहकार बनाएकी छिन् । तर कोमलले तिज गीतमा मात्र पशुपतिलाई सल्लाहकार बनाएकी हुन् । </p><p style="text-align: justify; ">'चाहिएन पोई' बोलको गीतमा कोमल र पशुपतिको स्वर छ । जुन गीत पनि सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै गएको छ । गीतमा लय शब्द पशुपतिकै छ भने भिडियोमा अभिनय पनि यी दुई कलाकारले नै गरेका छन् । भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलले खिचेका हुन् । साथै भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।</p><pre style="text-align: justify; "><b>Music Video:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/PIXp98UVock" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>