असार, काठमाडौं ।

राज्य राई निर्देशीत चलचित्र यतिखेर धरानका बिभिन्न ठाउँहरुमा छायांकन भइरहेको छ । असारको पहिलो साताबाट छायांकन सुरु गरेको यो चलचित्रको ५० प्रतिशत काम सकिएको निर्देशक राईले बताएका छन् । यतिखेर धरानको बिजयपुरमा रहेको छायांकन युनिट अझै एकसाता सोहि ठाउँमा रहने राईले बताए ।

केहि दिन अघि मात्रै अभिनेत्री करिश्मा मान्धर धरानको छायांकन सकेर काठमाडौं फर्किसकेकी छिन् भने अन्य केहि कलाकार धरानमै छायांकनमा ब्यस्त छन् । सुवास मेचे, अजित राई, सुवास गजुरेल, नवनायिका मनिषा श्रेष्ठ लगायतका कलाकारहरु यतिखेर छायांकनमै ब्यस्त छन् । चलचित्रमा अन्य , श्रेया दुलाल, बमीता जी एम, श्याम कुमार राई लगायतको पनि अभिनय रहेको छ ।

१८ दिनदेखी लगातार धरानको छायांकनमा ब्यस्त रहेका चलचित्रका छायांकार बिरेन्द्र भाट बिपिनले धरानका रमणीय स्थानहरुमा छायांकन भइरहेको जानकारी दिए । बिपिनका अनुसार अझै एकसाता भित्र धनकुटा घण्टाघर, भेडेटार लगायतका ठाउँमा चलचित्र खिचिनेछ ।

लामो समय देखि फिल्मी क्षेत्रमा निर्माण नियन्त्रकको रुपमा काम गर्दै आएका श्री टि.एन गणेश भण्डारीको कथामा बन्ने यस फिल्मले सामाजिक प्रेम कथालाइ संदेशमुलक अनि मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिनेछ ।

एभरेष्ट कलचर एण्ड मिडिया एकेडेमीको प्रस्तुति रहने फिल्ममा सागर दराईको लगानी रहने छ। अनिता देवी तामाङ र बृहस्पति राईको सह निर्माणमा तयार हुने यस फिल्ममा निर्देशक देमिनकै संगीत , प्रकाश दुमी राइको गीत , अमोन रानाको नृत्य निर्देशन रहेको छ । चलचित्रका निर्देशक राईका अनुसार चलचित्र ६० लाखको बजेटमा निर्माण हुने बताए । राईले यो भन्दा अघि ‘बसाई’, ‘डन्ट ब्रेक माई हार्ट’ लगायतका चलचित्रमा सहायक निर्देशन गरिसकेका छन् ।