उदित नारायण झाको स्वरमा ‘लिला’को दोस्रो गीत सार्वजनिक

असार, काठमाडौं ।

आउदो भदौ ३० मा प्रदर्शनको तयारीमा रहेको चलचित्र लिला’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘साचै बिषेश छौ’ बोलको उक्त गीतमा  बलिउडमा एक छत्र राज गर्न सफल नेपाली गायक उदित नारायण झाको स्वर रहेको छ । साथै गीतमा शब्द चर्चित गीतकार डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ ।

गीतमा अभिनेत्री मलिना जोशी र राज कटुवाल माथी फिचरिङ गरिएको छ । रोमान्टिक शैलीको गीतमा मलिना र राजले पनि रोमान्टीक अभिनय गरेका छन् । गीतमा राजले मलिनाको सौदर्यताको बयान गर्दै आफ्नो लागि उनी बिषेश भएको चर्चा गरेका छन् । गीतको आकर्षक लोकेसनमा छायाँकन गरिएको छ ।

चलचित्रले केही पहिले ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीतले दर्शकको मन मस्तिस्कमा बस्न सफल भइसकेको छ ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार तथा हिट चलचित्र ‘सिलसिला’का निर्माता सिपी पौडेल चलचित्रका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।

हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको चलचित्र ‘लिला’ प्रेम, एक्सन, सस्बेन्स लगायत बिषयले भरिपुर्ण चलचित्र भएको निर्माता प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए । संगीत पक्षलाई विशेष महत्व दिएको चलचित्र युवावर्गलाई लक्षित गरेर निर्माण गरिएको हो । अहिलेको आधुनिक टेक्नोलोजिको भरपुर उपयोग गरेर निर्माण गरिएको चलचित्रले दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वद हुने निर्देशक रमेश कोइरालाले बताए ।

चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।

Video: