असार, काठमाडौं।

म्युजिक भिडियोहरुको कभर भिडियोका लागि निकैनै चर्चित डान्स ग्रुप कार्टुन्ज क्रिउले चलचित्र 'प्रेमगीत२'को गीत 'मोटरसाइकल'को कभर भिडियो तयार पारेको छ। एलिस कार्कीद्धारा संगीतबद्ध यस गीतको कभर भिडियोमा कार्टुन्ज क्रिउका समुह र चलचित्रकी मुख्य अभिनेत्री अश्लेषा ठकुरीले अभिनय गरेका छन् । प्रतास दास र इन्दिरा जोशीको स्वरमा उक्त नृत्य समूहका कलाकारले आकर्षक डान्स पस्किएका छन्।

स्कटिस थिममा बुनिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । निर्माता कम्पनी आशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ । चलचित्र 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका साथै कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र साउन १३ गतेबाट प्रर्दशनमा आउँदैछ्।