
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> चर्चित हाँस्य टेलिश्रृंखला 'भद्रगोल'की मुख्य पात्र रक्षा श्रेष्ठ आज आफ्नो जन्मदिन मनाउँदैछिन्। विभिन्न म्युजिक भिडियो तथा विज्ञापनहरुमा काम गरिसकेकी उनी भद्रगोलबाट भने सबैको नजरमा पर्न सफल भएकी थिईन र पछिल्लो समय उनी यसै श्रृंखलामा व्यस्त छिन्। त्यस्तै उनीले तीन चलचित्रमा अभिनय पनि गसिसकेकी छिन्। उनको अभिनय रहेको चलचित्रहरु ‘स्काउट’, ‘गाजाबाजा’ र ‘हैरान’ प्रर्दशनको तयारीमा रहेका छन्। ‘स्काउट’मा उनको मुख्य भुमिका रहेको छ भने अन्य दुई चलचित्रमा उनी अतिथी भुमिकामा देखिएकी छिन्। </p><p style="text-align: justify; ">जन्मदिनको बारेमा भने उनले मिडियासंग आफु बिरामी भएर बेडरेस्ट गरिरहेका कारण यसपटक जन्मदिन बिशेष नहुने बताएकी छिन्। उनलाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको शुभकामना</p>