‘धनपति’को आक्रमक ओपनिंग, दुई दिनमै करोड कलेक्सन

...

<pre><b>असार, काठमाडौं।</b></pre><p style="text-align: justify; ">&nbsp;लेखक तथा कलाकार खगेन्द्र लामिछानेको प्रतिक्षित चलचित्र 'धनपति' गएको शुक्रवार बाट प्रर्दशनमा आइसकेको छ। दर्शकहरुका लागि निकैनै प्रतिक्षित बनेको यस चलचित्रले बक्स अफिसमा आक्रमक व्यापार गर्न सफल भएको छ। &nbsp;प्रर्दशनको दुई दिनमै चलचित्रले करोडको ग्रस कलेक्सन गर्न सफल भएको बताइएको छ।</p><p style="text-align: justify; ">मल्टिप्लेक्स तथा सिंगलहल हरुमा पनि हाउसफुल भइरहेको निर्माण पक्षले जनाएका छन्। शुक्रवार र शनिवारको व्यापार उच्च भएपछि मल्टिप्लेक्सहरुले शो बढाएको चलचित्रका &nbsp;निर्माता तथा निर्देशक दीपेन्द्र के खनालले मिडियालाई बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;चलचित्रमा खगेन्द्रको साथै &nbsp;सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा एक आम मानिसलाई राजनितीले पारेको प्रभाव लाई देखाउन खोजिएको छ। दिपेन्द्र र खगेन्द्रको टिमअप रहेको यस अघिको चलचित्र 'पशुपतिप्रसाद'ले पनि निकैनै सफलता प्राप्त गरेको थियो।</p>