मिलन चाम्सको ‘लिलिबिली’ घोषणा, शिल्पा मास्केको लिड रोल

असार, काठमाडौं

सिने क्षेत्रका व्यस्त निर्माता तथा निर्देशकको रुपमा रहेका  मिलन चाम्सले सोमबार आफ्नो नयाँ प्रोजेक्ट लिलिबिली निर्माणको घोषणा गरेका छन्। सबै छायांकन बेलायतको लन्डन र स्कटल्यान्डमा हुने बताइएको यस चलचित्रको  बजेट साढे दुई करोड हुने बताइएको छ । फ्लोरमा जानुअघि अफिसियल शीर्षक घोषणा हुने तयारीमा उनी छन् । चलचित्रका लागि गतवर्ष नेपालमै सुट भएको मार्भल स्टुडियोको हलिउड फिल्म डक्टर स्ट्रेन्जमा खेलिसकेकी शिल्पा मास्के लिड हिरोइनमा पक्का भएकी छन् ।

साथै निर्देशक चाम्स अर्की एक नायिका र नायक पात्रको खोजीमा छन् । उनले अभिनेता र अभिनेत्रीमा खेल्न इच्छुकले आफूसँग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

‘फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले भने, ‘दर्शकले यसमाथि इन्जोय गर्न सक्नुहुन्छ ।’ उनले यसअघि पुरै छायांकन लन्डनमा भएको ह्याप्पी डेजलाई पनि यस्तै जानरामा प्रस्तुत गरेका थिए । मिलनले आफ्नो कम्पनी चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली बनाउन लागेका हुन् ।

चाम्स निर्देशित ह्याप्पी डेज मंसिर १५ गते रिलिज हुँदैछ भने ब्लाइन्ड रक्स बेलायत, चीन, हङकङ र अष्ट्रेलिया रिलिजपछि घरमा प्रदर्शनका लागि रेडी हुनेछ ।