<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउड सुपरस्टार सलमान खान तथा निर्माता करण जोहर ले केही समयअघि अक्षय कुमारको साथमा एक फिल्म बनाउने घोषणा गरेका थिए तर अब यो फिल्म नबन्ने भएको छ। यो फिल्ममा मुख्य भूमिका निभाउनका लागि अक्षय चुनिएका थिए र सलमान र करन फिल्म का निर्माता थिए। फिल्म ‘बेटल अफ सारागढ़ी मा बनाउन लागिएको थियो । फिल्मको लागि कामहरु सुरु पनि भइसकेको थियो। तर मिडियाका अनुसार अब फिल्म नबन्ने भएको छ र फिल्मको लागि भएको शुरुआती खर्चको हिसाव गरिन लागिएको छ। फिल्मको लागि टेक्निकल स्टाफ र लेखकलाई दिएको रकम भने फिर्ता नहुने भएको छ। </p><p style="text-align: justify; ">सिनेमा ट्रेडमा यस्तो हुनुलाई बाहुबलीको प्रभाव बताइएको छ। युद्धमा आधारित यस फिल्मको सफलता पछि बलिउडमा सो अनुरुपकोकुनै वार मुभी तथा भीएफएक्सको लागि तयारी हुन सकेको छैन्। र सलमानको यो फिल्मका लागि पनि सो अनुरुप बनाउन तयारी नपुगेका कारण बन्द गरिएको मिडियाले जनाएको छ। एजेन्सी</p>