भुवन र अनमोलको बारेमा पुजाले बोल्दा सुस्मिताले पोखिन् आक्रोस, सुदर्शनले लेखे यस्तो

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

नायिका पुजाशर्माले नायक 'भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन्' भन्ने शिर्षकको समाचार एक अनलाइनमा आएपछि सुस्मिता केसी (अनमोल केसीको आमा) ले आक्रोस् पोखीन् । चलचित्रक्षेत्रमा ४० बर्ष बिताइसकेको मान्छेको अगाडि 'हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न' भन्दै सामाजिक सञ्जालमा सुस्मिताले लेखेपछि यो बिषय अझ चर्को हुदै गएको छ ।

यो समाचार तयार पार्नुभन्दा १४ घण्टा अघि सुस्मिताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्ने पुजा शर्मालाई गालि गरेकी थिइन् । पुनः नायिका पुजा शर्माले समाचारको शीर्षक मात्र पढेर त्यस्तो गालि गर्न नहुने लेखेकी छिन् । पुरै समाचार पढेमा कुरा स्पष्ट हुने भन्दै उनले पुजा समाचार पढेर मात्र गालि गर्न आग्रह गरेकी छिन् । पुजाले मिडियासँगको कुराकानीमा भुवन केसी र अनमोल केसी बिना मेहनत र बिना काम भाग्यले मात्रै चलेको नभनेको बताएकि छिन् । उनले भुवन केसी लामो समयसम्म सिनेमा क्षेत्रमा सक्रिय हुनु र चर्चा पाईरहनुलाई उनको भाग्य भनेकी हुन् । 'उहाँको भाग्य नै बलियो हो । अहिलेसम्म सिनेमा क्षेत्रमा राज गरिरहनु भएको छ । दर्शकको माया पाईरहनु भएको छ', पूजाले भनिन् ।

यतिखेर पुजाको 'म यस्तो गीत गाउँछु' चलचित्र प्रदर्शनको संघारमा छ । यहि आउदो शुक्रबार (असार ३०) गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका निर्देशन सुदर्शन थापाले पनि यो बिषयमा केहि लेखेका छन् । सुस्मिता केसीले यो बिषयमा आफ्नो नाम जोडेको भन्दै उनले फेसबुकमा सुस्मितालाई आफुले अग्रह मान्ने तर कुरै नबुझि यसरी अरुलाई गालि गर्नु राम्रो नभएको बताएका छन् । उनले 'म यस्तो गीत गाउछु'को ट्रेलर सार्वजनिक भएसँग आफुहरुसँग नराम्रो ब्यवहार गर्न थालेको पनि लेखेका छन् । धेरै बोल्नु चाहिनँ तपाईंले जे जस्तो गरे पनि अग्रज नै हो र सधै मान्ने नै छु । हामीलाई दर्शकको साथ र माया छ तपाईंको प्रयास सफल होस् । म यस्तो गित गाउँछुलाई बदनाम गराउने खेल सफल होस् ।, उनले लेखेका छन् ।

सुस्मिता केसीको स्टाटस पढ्नुहोस् ।

सुदर्शन थापाको स्टाटस पढ्नुहोस् ।