
<pre>असार, काठमाडौं</pre><p><div style="text-align: justify;">गत वर्ष प्रर्दशनमा आएर निकैनै सफलता हासिल गरेको चलचित्र कालो पोथीले देश देखि विदेशसम्ममा निकैनै चर्चा पाउन सफल भयो। यसै चलचित्रका निर्देशक मीन बहादुर भामले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका छन् । चिसो वर्ष नाम रहने बताइएको यस चलचित्रको यतिवेला स्क्रिप्ट लेख्ने कार्य भइरहेको उनले मिडियासंग बताएका छन्। </div><p style="text-align: justify;">उनले हिमाली भेगमा हुने बहुपति प्रथाको विषयमा बनाउन लागिएको यस चलचित्र निर्माण हुन भने अझै निकै समय लाग्ने बताएका छन्। उनका अनुसार, संभवत २०१९ देखि २०२० सम्ममा फिल्मको छायांकन सुरु गरिने छ ।उनले अहिले चलचित्रको स्क्रिप्ट लेख्नमै केन्द्रित रहेको र स्क्रिप्ट फाइनल भएपश्चात मात्र कलाकार तथा लोकेसन सेलेक्ट गरिने जनाएका छन्। उनले निर्देशन गरेको चलचित्र कालो पोथीले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुका साथै ७२ औं भेनिस फिल्म फेस्टिवल अन्तरगतको क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको थियो। </p></p>