
<pre><b>असार, काठमाडौं। </b></pre><p>हांस्यकलाकारहरुमा चर्चित जोडिको रुपमा रहेका 'मह' जोडि मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मध्ये हरिवंश आचार्यको आत्मकथा त हामीले पढिसकेका छौं। अब भने मदनकृष्ण श्रेष्ठले पनि आफ्नो आत्मकथा पुस्तकमा उतार्ने भएका छन्। पुस्तकको बुधबार राजधानीमा एक कार्यक्रमका बिच मदनकृष्ण श्रेष्ठ र फाईनप्रिन्टका बिच पुस्तक प्रकाशनसम्बन्धी सम्झौतापत्र विच हस्ताक्षर भएको छ ।उनको यो आत्मकथा ४ बर्षअघि लेख्न सुरु भएको बताइएको छ। <br><p>यसअघि हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पनि फाईन प्रिन्टले नै प्रकाशन गरेको थियो । कार्यक्रममा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठको आत्मकथा आउन लागेकोमा खुसी ब्यक्त गर्दै शुभकामना दिएका छन्। मदनकृष्णले आफ्नो आत्मकथाको नाम ‘महका म’ राखेका छन् । कार्यक्रममा पाठकहरुले ‘महको म’ भदौ २० गतेदेखी पढ्न पाउने जानकारी दिइएको छ। मदनकृष्णको यो पुस्तक उनको बिवाहको वार्षिकोत्सवको अवसरमा उपलक्ष्यमा बिमोचन गरिने बताइएको छ। </p></p>