आर्टिस्ट खबर/ असार, काठमाडौं ।

०६७ सालदेखी चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक दिनेश केसीले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । झण्डै दर्जन चलचित्रमा काम गरिसकेका दिनेशले दोलना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको एक अनटाइटल प्रोजेक्टको लागि महंगो पारिश्रमिक लिएको बुझिएको छ । उनले उक्त प्रोजेक्टको लागी मात्र १० लाख पारिश्रमिक लिएका छन् । जुन चलचित्रमा ४ नायिका हुने बताइएको छ ।

छिट्टै फ्लोर जाने भनिएको यो चलचित्र विसुद्ध प्रेमकथामा आधारित रहनेछ । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ । सञ्जय पाण्डेले गायक शिशिर योगीको गीतमा मोडलिङ गराउँदै दिनेशलाई ब्रेक दिएका थिए । हाल सम्म करिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका उनको पहिलो चलचित्र भने रन्जित राणा निर्दे्शित ‘आइएम् क्रेजि’ हो । उनको पहिलो अभिनित चलचित्र प्राविधिक कारणवस हल सम्म आउन सकेन । त्यसपछि दिनेशले चलचित्र क्षेत्रको सशक्त खलअभिनेता दिनेश शर्माको चलचित्र ‘दानव’ मा काम गरे ।

राजाराम दाहालको ‘नेपथ्य’, विवेक सापकोटाको ‘निशाफ’ ऋषि न्यौपानेको क्रमश चार फिल्म ‘झमेला’, ‘लाले’, ‘वादशाह’ र ‘खतरनाक’ मा काम गरे । तर कति फिल्म हल आए कति हल सम्म आउनै पाएन । उनी भन्छन्, ‘गरेको काम दर्शक समक्ष नआउँदा म निराश बन्न पुगे । पहिला त्यति व्यस्त म बीचमा फिल्म क्षेत्र नै त्यागिदिउ जस्तो लाग्यो । अनि ग्यापपनि गरे । तर अहिले राम्रो व्यानर र टिम पाएकाले पुन म फिल्म मै केही गर्छु भनेर कस्सिएको छु ।’

दिनेशको शीर्ष भूमिकामा निर्माण हुन गइरहेको चलचित्रलाई बेल्जियम निवासी एक नेपाली नागरिकले निर्माण गर्न लागेका हुन् । चलचित्रको काठमाडौं, थाइल्याण्ड, सिंगापुर हुँदै यूरोपका विभिन्न रमणीय देशहरुमा छायांकन गरिनेछ । ४ नायिकामा एक भने थाइल्याण्डको थाई कलाकार रहने पक्का भएको निर्माण संस्थाले जनाएको छ । बीचमा ग्याप हुँदा सामाजिक सञ्जाल मार्फत दर्शकले खोजी गर्दै कता हराएको भन्ने जस्ता कमेन्टले आफूमा पुनः उत्साह थपिएको नायक केसीको भनाइ छ ।

चलचित्रको सुटिङ थाइल्याण्डबाट सुरु हुने बताएका दिनेशले नायिकाको विषयमा मुख खोलेका छन् । निर्मातासँग सल्लाह हुँदा कि त चल्तीकै हिरोइन लिने कि त ट्यालेन्टेड फ्रेस अनुहार लिने कुरा भएको उनले बताएका छन् । सस्पेन्स लभस्टोरी चलचित्रको लागि न्याय गर्न सक्ने निर्देशकको खोजिमा निर्माण यूनिट रहेको छ ।