‘कुटुमा कुटु’ले मनायो खुसीयाली

साउन, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रका केहि गीतहरु भिडियो सेयरीङ साइट युट्युवमा करोड बढी पटक हेर्न थालिएका छन् । शब्द संगीत तथा मेकिङ राम्रो भएका गीतहरु करोड बढी पटक हेरिनु चलचित्रका लागी धेरै फाइदाको कुरा पनि हो । चलचित्र प्रदर्शन अगावै करोड बढी पटक गीतलाई युट्युवमा हेरियो भने चलचित्र युनिटले आफ्नो चलचित्र हिट हुने आशा राख्छन् तर कतिपय गीतहरु युट्युवमा करोड भन्दा बढी पटक हेरियता पनि चलचित्र भने हिट हुन सकेका छैनन् । केहि बर्षयता केहि चलचित्रका गीतहरु युट्युवमा करोड बढी भ्यु पुगेका छन् । युट्युवमा चलचित्रक्षेत्रको गीतमध्ये सबैभन्दा पहिला करोड भ्यु पुग्नेमा चलचित्र ‘वडा नं ६’ मा समावेश ‘सुर्के थैली खै’ बोलको गीत नै हो । जुन गीतलाई अहिले २ करोड भन्दा बढी पटक हेरिसकिएको छ । ‘सुर्के थैली खै’ बोलको गीत युट्युवमा ६ अगस्ट २०१५ मा अपलोड गरिएको थियो । त्यसपछि सोहि चलचित्र युनिटले निर्माण गरेको ‘छक्का पञ्जा’ चलचित्रको ‘पुर्व पश्चिम रेल’ बोलको गीतले पनि १ करोड बढी भ्यु पाउन सफल भयो । यी दुबै चलचित्र हिट पनि भए । त्यसपछि चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ गीत, त्यस्तै ‘पर्व’ चलचित्रको ‘काले दाई’ बोलको गीत पनि करोड बडी पटक हेरिएको छ । यी चलचित्रहरु मध्ये कतिलाई गीतले ‘प्लस पोइन्ट’ ग¥यो भने कतिलाई गरेन । जे होस् नेपाली चलचित्रक्षेत्रका गीतहरु करोड भ्यु पुग्नु नै गीतको ठुलो सफलता हो ।

यस्तै चलचित्र ‘दुई रुपैया’ मा समावेश गीत ‘कुटुमा कुटु’ पनि युट्युवमा अपलोड गरेको दुई महिना नपुग्दै करोड भ्यु क्रस भएको छ । राजन राज सिवाकोटीको शब्द तथा संगीतमा रहेको उक्त गीतमा राजन राज, राजन इशान र मेलिना राईको स्वर रहेको छ । साथै यसै गीतको करोड भ्यु पुगेको उपलक्ष्यमा चलचित्र युनिटले खुसीयाली मनाएको छ । चलचित्र ‘२ रुपैयाँ’ युनिटले सामेबार आफ्नो टिम र चलचित्र पत्रकारहरुसँग केक काटेर खुसीयाली मनाएको हो । युट्युवमा अपलोड गरिएको ४९ दिनमै ‘कुटुमा कुटु’ले युटुवमा एक करोडको भ्यु पाएको हो ।

कुटुमा कुटुको सेलिव्रेसनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए । उनीहरुले गीत रुचाउने दर्शक तथा श्रोतालाई धन्यवाद दिए । निर्देशक तथा नायक निश्चल बस्नेत घरयासी कामका कारण बाहिर रहेकाले सेलिव्रेसन कार्यक्रममा सहभागी हुन सकेनन् ।

‘२ रुपैयाँ’ गीतमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ