
<pre><b>साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चर्चित हाँस्यटेलिश्रृंखला 'भद्रगोल'का कलाकारद्वय जिग्री पाँडे अर्थात अर्जुन घिमिरे तथा कुमार कट्टेल को पहलमा सुरु भएको 'जिग्री पाँडे प्रतिष्ठान'ले सप्तरी गम्हरीयाका दृष्टिविहिनहरुका लागि निर्माण गरेको घर भोली साउन ४ गते हस्तान्तरण गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल जिग्री तथा कोषाध्यक्ष अर्जुन घिमिरे पाँडेको अभियानबाट निर्माण गरिएको घर भोली विहान नौ बजे हस्तान्तरण गरिने बताइएको छ। चर्चित हाँस्कलाकार धुर्मुस सिताराम कट्टेल तथा जिल्लाका सिडिओको हातबाट घर हस्तान्तरण गरिनेछ। कार्यक्रममा हरि निरौला (कक्रोज), सागर लम्साल (बले) ,दिपक आचार्य लगायत अन्य कलाकारहरुको उपस्थिती रहनेछ्। </p><p style="text-align: justify; ">केही दिन अघि नै हस्तान्तरण गर्ने भनिएतापनि निर्माणका लागि केही रकम नपुगेकाले सारेको बताउँदै प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले अझैपनि करिब तीन लाख रकम नपुगेको बताएका छन्। उनले नपुग रकम आफैँले हालेर हस्तान्तरण गर्न लागेको आर्टिष्टखवरलाई बताएका छन्। </p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/263c568a2febdab8b528247fbb5668251500363149.jpg" style="width: 960px;"><br></p>