साउन, काठमाडौं।

आमिर खान स्टारर फिल्म दंगाल बलिउड बक्स अफिसमा २०१६ मा निकैनै सुपरहिट बन्न सफल फिल्मको रुपमा रहेको छ। तर हालै न्युयोर्कमा सम्पन्न भएको आइफा अवार्ड २०१७ मा यो फिल्मले कुनै स्थान पाएन्। जसका कारण यतिवेला बलिउडमा यसको चर्चा निकै हुन थालेको छ। र आइफा अवार्डको नोमिनेसनको बिश्वसनियतामा सवाल उठेको छ ।

यसैविच अवार्ड आयोजकले फिल्म अवार्डमा नपर्नुको कारण खुलाएका छन्। उनले आइफा २०१७ को लागि दंगलका निर्माताहरुले फिल्मको इन्ट्री नै नगराएको बताएका छन्। इन्ट्री नै नभएका कारण फिल्म नोमिनेशनमा नपरेको उनीहरुले बताएका छन्। बिजक्राफ्ट इंटरनेशनलका निर्देशकको भने, ‘हामी आमिरलाई एकदमै मनपराउँछौँ । उनको फिल्म हाम्रो अवार्ड शो को हिस्सा बनेको भए हामी एकदमै खुसी हुन्थ्यौँ । दंगल सबै रेकर्ड तोडेको एकदमै उत्कृष्ट फिल्म हो । तर दुर्भाग्यबस् उनले आफ्नो फिल्म इंन्ट्री नै पठाएनन् ।यो निकै दुख लाग्दो कुरा हो। ’

आइफा अवार्ड २०१७ मा यसपटक फिल्म निरजाले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ भने उड्ता पंजाब बाट शाहिद र आलियाले बेस्ट एक्टर एक्ट्रेसको अवार्ड जितेका छन्। एजेन्सी