सुटिंगको क्रममा घाइते भईन कंगना, टाउकोमा लगाइयो १५ टाँका

...

<pre><b>साउन काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्ट्रेस कंगना रनावत आफ्नो आगामी फिल्म &nbsp;'मणिकर्णिका द क्वीन अफ झांसी' को शूटिंगको दौरान घाइते&nbsp;&nbsp;भएकी छिन्। भारतीय मिडियाका अनुसार फिल्मको &nbsp;शूटिंग हैदराबाद मा भइरहेको थियो। र त्यहाँ &nbsp;तरवारबाजीको &nbsp;सीन गरीँदै थियो। यसैविच तरवार कंगनालाई लाग्न पुग्यो र उनी घाइते भएकी छिन्।</p><p style="text-align: justify; ">यूनिटका सदस्यका अनुसार &nbsp;कंगनालाई तुरुन्त नजिकको &nbsp;अपोलो अस्पतालमा लगिएको थियो। उनको टाउकोमा १५ टाँका लगाइएको छ। र उनलाई केही दिन अरु अस्पतालमा राखिने बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;बताइएअनुसार यो सीनको रिहर्सल निकैनै गरिएको थियो। तर सुटिंगको क्रममा जब निहार पांड्याले &nbsp;कंगनामाथि &nbsp;तरवारले प्रहार गर्दैथिए तब कंगनाले आफ्नो शिर झुकाउनु पर्ने थियोर तर गलत टाइमिंगका कारण कंगनाको आँखीभौं बिच गहिरो चोट लाग्न पुग्यो। र टाउको मा पनि चोट लागेको थियो। &nbsp;एजेन्सी</p>