कपिलले गरे पटकपटक बेहोश भएको नाटक,खुल्यो यस्तो राज

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">भारतीय चर्चित कमेडियन कपिल शर्माको लाग्छ यतिवेला नराम्रो दिन चलिरहेको छ। जबदेखि सुनील ग्रोवर कपिलको शोबाट बाहरिए कपिलको साथमा केही न केही नराम्रो हुँदै आएको छ। &nbsp;सुनील ग्रोवरले छोडेपछि उनको शो को टीआरपी घट्न थाल्यो जसका कारण उनको शो बंद हुन सक्ने संभावना पनि आएको थियो तर कपिल ले शो बचाउनका लागि आफ्नो आधा पारिश्रमिक कम गरेका थिए। यसका साथै पछिल्ला केही दिनमा कपिलको स्वास्थ्य स्थिती पनि ठिक चलिरहेको छैन्। उनी अचानक सेटमै बेहोश हुने गर्छन्। र जसका कारण चलिरहेको सुटिंग रोक्नु परेको थियो।&nbsp;</p><p style="text-align: justify; ">यस अघि शाहरुख हरुसंगको सुटिंगका क्रममा बेहोस भएका कपिल फेरि &nbsp;मुबारका फिल्मका कास्टहरुको साथमा सुटिंग गर्ने क्रममा बेहास हुन पुगेका थिए। &nbsp;र सुटिंग क्यान्सिल गरिएको थियो। हालै अनिल कपूर र अर्जुन कपूरउनको शो मा पुग्दा उनी बेहोश भएर उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको थियो र &nbsp;उनी अझै पनि डाक्टरको रेखदेखमा रहेको बताइएको थियो&nbsp;।&nbsp;</p><p style="text-align: justify; ">तर यसैविच मिडियामा यस्तो खवर आएको छ जसले कपिलका फ्यानहरुलाई अचम्म पार्न सक्छ्। बताइएअनुसार उनीलाई लगिएको भनिएको अस्पतालले कपिल शर्मा त्यहाँ उपचार गराउन नआएको वयान दिएको छ। र उनी त्यहाँ भर्ना भएको कुनै रेकर्ड नभएको जनाएको छ। यसबाट मिडियामा उनीले साच्च्किै बेहोश नभएको र पटकपटक बेहोश भएको नाटक गरेको कुरा खुलेको छ। बताइएअनुसार बेहोश भएर अस्पताल लगिएको र अस्पतालमै रहेको भनिएको बेलामा कपिललाई &nbsp; एक जनरल स्टूडियो बाट बाहिर निक्लिँदै गरेको देखेको मिडियाले जनाएको छ। कपिलले बारबार आफ्नो शोमा स्टारहरु आउँदा बेहोश हुनुको कारण भने रहस्यमय बनेको छ। एजेन्सी</p>