
<pre style="text-align: justify; "><b>साउन, काठमाण्डौ ।</b></pre><p style="text-align: justify; ">अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले अभिनय गरेका तिज गीतको भिडियो सार्वजनिक गरिएको छ । ुबहिनीको भिनाजुु बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिडियोमा दिपा श्रीको श्रीमानको रुपमा नायक सञ्जोग कोईराला देखिएका छन् । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।</p><p style="text-align: justify; ">गीतमा दीपाले सञ्जोगलाई सिधै आफ्नो श्रीमान नभनेर ुनन्दको दाजु, बहिनीको भिनाजुु भनेकी छन् । प्रशान्त पौडेकको लय तथा शब्दमा रहेको गीतलाई शोभा थापाले गाएकी छन् । दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाईएको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन् । गीतको अडियो भिडियोलाई बिशेस फिल्मसले ब्याबस्थापन गरेको छ ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/qDy_2RzkDPU" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>