
<pre><b>साउन, काठमाडौं। </b></pre><p> बलिउड स्टार अक्षयकुमार र रजनीकांतको फिल्म २.०को छिट्टै नै एक गीत सुट हुने भएको छ। जसको लागत ५ करोड हुने बताइएको छ। फिल्म की एक्ट्रेस एमी ज्याक्सनले यो कुरा को पुष्टि गरेकी हुन्। उनले फिल्मको लगभग सबै सुटिंग भइसकेको बताउँदै अब एक गीतको मात्र सुट गर्न बाँकि रहेको बताएकी छिन्। एमीको अनुसार यो गीगको सुटिंगका लागि १२ दिन लाग्नेछ। र गीतको इनडोर सुटिंग गरिनेछ। साथै उनले गीतको सुटिंगका लागि ५ करोड लगाउने बताएकी छिन्। </p><p> शंकरको निर्देशनमा बनेको यो फिल्म रोबोटको सिक्वेल हो। करिब ४५० करोड बजेटमा बनिरहेको यो फिल्म दिवालीको अवसरमा रिलिज हुनसक्ने बताइएको छ। </p><p>यसका साथै बलिउडमा अक्षय कुमार स्टारर मूवी बोसको गीत पार्टी अल नाइट आजसम्मको सबैभन्दा महंगो गीतको रुपमा रहेको छ। यो यो हनी सिंहको पार्टी नंबर मा अक्षय कुमार र सोनाक्षी सिन्हाले जबरजस्त डान्स गरेका छन्। करिब ४ मिनेटको यो गतिको सुटको लागि ६ करोड खर्च लागेको थियो। साथै गीतमा ६०० जना ब्याकग्राउंड डांन्सर्सले नाचेका थिए। एजेन्सी</p>