नम्बर वानमा साम्राज्ञी र सलिनको केमेष्ट्री

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र नगरीमा यतिवेला नायिका साम्राज्ञी र नायक सलिनको केमेष्ट्रीले निकै चर्चा पाएको छ। गत शुक्रवार युट्युबमार्फत सार्वजनिक भएको चलचित्र ए मेरो हजुर २ को ट्रेलरले रिलिज भएको एक दिनमै ५ लाख बढी भ्युअर्स कमाउन सफल भयो। साम्राज्ञी&nbsp;&nbsp;र सलिनमानको केमेष्ट्री रहेको यो चलचित्रको ट्रेलरलाई अहिलेसम्म साँढे नौ लाख भन्दा बढीले हेरिसकेका छन्। यतिवेला यो ट्रेलर युट्युवमा टेन्डिंग नंबर वानमा पर्न सफल भएको छ। &nbsp;चलचित्रको &nbsp;ट्रेलर नेपालमा मात्र नभएर कतार र दुवईमा पनि ट्रेन्डिङमा रहेको छ । ट्रेलर कतारको ट्रेन्डिङमा सातौँ स्थानमा छ भने दुवईमा पचासौँ स्थानमा रहेको छ ।यसअघि चलचित्र छक्कापंजा २ को गीत ए दाजै नसमाउ नंबर वानमा परेको थियो।&nbsp;</p><p style="text-align: justify; ">भदौ १६ बाट देशभर प्रर्दशनमा आउने चलचित्र ए मेरो हजुर २ लाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन्। चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन्।&nbsp;</p>