<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">बलिउड स्टार फरहान अख्तर लखनऊ सेन्ट्रल जेलमा कैदी भएका छन्। तर तपाई नझुक्किनुस उनी रियल लाईफमा नभएर रिल लाईफमा कैदी भएका हुन्। फरहान अख्तरले एक पटक फेरि आफ्नो दमदार अभिनयका साथ लखनऊ सेंट्रल लिएर आएका छन्। फिल्मको ट्रेलर हालै सार्वजनिक भएको छ। फिल्ममा फरहान किशन मोहन गिरोत्रा को भूमिकामा देखिएका छन्। जो एक कैदीको रुपमा जेलमा थुनिएका छन्।फिल्मको कथा मुरादाबादको किशन नामका एक युवकको कहानीस्मा आधारित रहेको छ। जो भोजपुरी सिंगर बन्न चाहन्छन् तर हत्याको आरोपमा जेलमा कैदी बन्न पुग्छन्। फिल्म लाई रंजीत तिवारीले निर्देशन गरेका छन् । </p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/KAQvmBSzHlI" width="640" height="360" class="note-video-clip"></iframe>एजेन्सी</p>






१२ श्रावण २०७४, बिहीबार ०५:४९ 








