साउन, काठमाडौं ।

सुन्दर श्रेष्ठले निर्माण गरेको चलचित्र सकसले सिनेमाघरमा आउने मिति घोषणा गरेको छ । अब यो चलचित्र कातिक २४मा सिनेमाघरमा आउने भएको हो । धेरै चलचित्रमा सकारात्मक भुमिकामा देखिएका सुन्दर श्रेष्ठ यो चलचित्र मार्फत खलनायको भुमिकामा आउँदैछन् । उनी भन्छन् ‘यो मेरो ड्रिम प्रोजोक्ट हो, अब यो चलचित्र कातिक २४मा सिनेमाघरमा आउने भएको छ ।’ सकस सबै खाले तह र तप्काका दर्शकहरुको भावाना अनुरुप समाज सुहाउदो चलचित्र रहेको उनले बताए ।

एनवी महर्जनको निर्देशनमा तयार भएको सकसलाई मौनता श्रेष्ठले लखेका हुन् । ‘सस्पेन, थ्रिलर, एक्सन’मा आधारित यो चलचित्रमा सुन्दर श्रेष्ठसँगै विल्सन विक्रम राई, शुष्मा कार्की, मिहिमा सिलवाल, रविन्द्र खडका, श्याम राईलगायतका कलाकारको अभिनय रहेको छ ।

अक्कल सिंह खडकाको प्रस्तुती रहेको चलचित्र सकसमा कृष्ण श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको सङ्गीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । सुवाश चन्द्र भट्टराई र खगेन्द्र डागी सह निर्माता रहेको यो चलचित्र दोभान फिल्मस् प्रा.लिको प्रस्तुति हो ।