साउन, काठमाडौ ।

अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथामाथी म्यूजिक भिडियो निर्माण भएको छ । अधुरो प्रेमलाई पुरा गर्न एउटा प्रेमिले गरेको तपस्यालाई म्युजिक भिडियोमा कथाको रुपमा उतार्ने काम गरेका छन्, निर्देशक राकेश किरातीले । यस म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र रंग पत्रकार तथा मोडल बिशाल राई फिचरिङ रहेको छन् । यस म्युजिक भिडियोमा केकी र बिशालको रामान्टिक लव सिक्वेन्सहरु देख्न सकिन्छ । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘–केकी र विशाल क्यामेष्ट्रि दर्शकहरुको लागी नया“ स्वाद हुन सक्छ ।’

गायक धन साम्पाङ राईको पहिलो एल्बम ‘सानुमाया“’ मा समावेश रहेको ‘सानुमाया“’ बोलको टाइटल गीत सार्वजनिक भएको हो । हाल कोरियामा रहेका गायक धन साम्पाङको यो एल्बम कोरियामा हुदा नै सार्वजनिक गरिएको थियो । यस गीतमा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् ।

यस म्युजिक भिडियोमा भुपेन्द्र सम्बाहाम्फे लिम्बुको सिनेमाटोग्राफी रहेको छ, भने बुद्ध थापा मगरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा गायिका तायाहाङमा राईको मेक–अप रहेको छ । यो म्युजिक भिडियोलाई गदावरी आसपास खिचिएको हो ।

video: