‘नेपाल आईडल’को टप ९ बाट आउट भइन् सन्ध्या जोशी

आर्टिस्ट खबर, साउन, काठमाडौं ।

नेपाल आईडल को टप ९ बाट सन्ध्या जोशी आउट भएकी छिन् । यो भन्दा अघि पनि धेरै पटक डेन्जर राउण्ड र बटम थ्रिमा परेकी सन्ध्या साउन १३ गते शुक्रबार पनि बटम ३ मा पर्दै बाहिरिएकी हुन् ।

सन्ध्याले बिहिबारको नेपाल आईडलको एपिसोडमा झ्याम्म झ्याम्म, राईझुम्मा बोलको गीत गाएकी थिइन् । त्यसैगीत हेरिसकेपछि दर्शकले भोट गरेका थिए र त्यसैभोटको आधारमा अन्य प्रतियोगीहरुलाई भन्दा कम भोट आएपछि बाहिरिनु परेको हो । बिहिबार उक्त गीत गाउँदा सन्ध्यासँगै जज् गायिका इन्दिरा जोशी र अतिथि जज् गायिका कोमल वलीले पनि सँगै गाएका थिए । इन्दिरा र कोमलले सन्ध्याको खुबै तारिफ गरेका थिए । उनको भोटिंग कोड १४ रहेको थियो ।

सन्ध्याले शुक्रबार प्रदाप दास सँग स्टेजमा गीत गाएकी थिइन् । प्रताप र सन्ध्या दुबैजना बटम ३ मा परे तर प्रदाप दास भने यो साताका लागी सुरक्षित भए । साथै प्रताप र सन्ध्या पछि बुद्ध लामा र प्रमिला राईले त्यो डाँडा पारी यो डाँडा पारी बोलको गीत सँगै गाएका थिए ।उनीहरु दुबैजना सुरक्षित थिए । त्यस्तै सुजता पाण्डे र निशान भट्टराईले पनि पिरतीको मिठो तिर्सना बोलको गीत सँगै गाए तर सुजना बटम ३ मा परिन् भने निशान सुरक्षित भएका थिए ।

अब नेपाल आईडलमा ८ प्रतियोगी छन् ।

Video: