‘मिस विश्वकर्मा इन्टरनेशनल’का प्रतियोगीहरुलाई तालिम शुरु

...

<pre><b>साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको 'मिस विश्वकर्मा इन्टरनेशनल'का प्रतियोगीतहरुका लागी तालिम शुरु भएको छ । २१ जुलाई मा <a href="http://artistkhabar.com/other-news/5222" target="_blank"><font color="#0000ff">काठमाडौंमा</font></a> भएको अडिसनबाट छानिएका प्रतियोगीहरुका लागी राजधानीको पुतलीसडकमा तालिम शुरु भएको आयोजक मोनाली ईन्टरटेन्मेन्टका प्रमुख दिपक बराईलीले आर्टिस्ट खबरलाई जानकारी दिए । 'कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको लागी भब्य रुपमा तयारी भइरहेको छ । आज तालिम शुरु भएको पनि पाँचौ दिन भयो यो क्रम २० दिनसम्म चल्नेछ ।', बराईलीले भने । तालिममा असिमा दुद्राजले कोरियोग्राफि गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">अहिले तालिममा १७ प्रतियोगी रहेको बराईलीले जानकारी दिए । साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ ४ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली &nbsp;इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने &nbsp;र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बराइलीले बताए। सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । मिस विश्वकर्मा इन्टरनेशलको मिडिया पार्टनरमा आर्टिस्ट खबर डटकम रहेको छ ।</p><pre>&nbsp;Miss Bishwokarma International top 16 Contestants:
<iframe frameborder="0" src="//www.youtube.com/embed/YqDGFH6-VVs" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>