
<pre><b>साउन, काठमाडौं। </b></pre><p>पछिल्लो समय लोकगीतहरुमा पनि कमेडी शैलीलाई पनि निकै स्थान दिन थालिएको छ। कमेडी गीतका साथै भिडियोमा हाँस्यकलाकारहरुको अभिनयले पनि आजभोली निकै चर्चा पाउन थालेको छ। यसैविच टेलिऋंखला मेरी वास्सै बाट सरापे तथा विम्लीको उपनामले चिनिएका हाँस्यकलाकार यादव देवकोटा र शुसिला निरौलाको रमाइलो प्रस्तुती रहेको कमेडी तीज गीत बजारमा आएको छ। तेजस रेग्मी तथा शर्मिला विश्वकर्माको आवाजमा रहेको घरझगडा बोलको गीतमा सरापे र विम्लीको अभिनय रहेको छ। शतिस अधिकारीको शव्द रहेको यस गीतमा तेजस रेग्मीकै लय रहेको छ। भिडियोलाई सरोज रोशन भट्टराईले निर्देशन गरेको छन्।गीतमा नेपाली समाजमा घट्ने घर भित्रको कुरालाई रोचक रुपले प्रस्तुत गरिएको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/QRKQq4bgEFU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>