क्रिमको एडका कारण विवादमा शाहरुख , कोर्टले पठायो नोटिस

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो फिल्मका कारण त निकैनै चर्चामा आउने गर्छन्। तर यतिवेला भने उनी एक विज्ञापनका कारण विवादमा परेका छन्। &nbsp;भोपालको एक स्थानीय अदालतले &nbsp;एक शेविंग क्रीम को विज्ञापनलाई &nbsp;लिएर &nbsp;शाहरुख खानलाई नोटिस जारी गरेको छ। विशेष न्यायाधीश काशीनाथ सिंहले &nbsp;सोमवार शाहरुख खान सहित चार जनालाई नोटिस पठाएको छ। &nbsp;उनीहरु सबैलाई २६ अगस्टमा अदालत मा आफ्नो जवाफ दिन आदेश दिइएको छ।&nbsp;</p><p style="text-align: justify; ">अधिवक्ता राजकुमार पांडेले शाहरुखले &nbsp;एक शेविंग क्रीम को विज्ञापनमा देशको नंवर वान क्रिम भनेर मानिसलाई झुक्काउन खोजेको भन्दै</p><p style="text-align: justify; ">अदालतमा आवेदन पेश गरेका हुन्। उनले यो क्रिमको प्रयोगले आफ्नो छालामा असर परेको र अस्पतालमा जांच गराएको बताएका छन्। र क्रिमको मध्यप्रदेश फूड एंड ड्रग विभागमा जाँच गराउँदा क्रिम गुणस्तरहिन भएको दावी गरेका छन्। उनले जाँचको रिपोर्ट पनि अदालतमा पेश गरेका छन्। एजेन्सी</p>