युट्युबमा करोड दर्शकका साथमा ‘छक्का पंजा’ को नयाँ रेकर्ड

...

<pre><b>साउन, काठमाडौं।</b></pre><p style="text-align: justify; ">गत बर्ष रिलिज भएर सर्वाधिक हिट बन्न सफल भएको चलचित्र छक्का पंजा ले युट्युबमा पनि आफ्नो नयाँ रेकर्ड राखेको छ। चलचित्रको प्रर्दशन बाटनै सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राखेको चलचित्रले अहिले युट्युबमा पनि सर्वाधिक दर्शकले हेरेको चलचित्र बनेको छ। छक्का पंजाले युट्युबमा एक करोड पटक हेरिएको चलचित्रको रुपमा नयाँ रेकर्ड राखेको छ। रेकर्ड राखेसंगै चलचित्रका निर्माता तथा नायक दीपक राज गिरी तथा &nbsp;निर्देशक दीपा श्री निरौलाले दर्शकहरुसमक्ष आफ्नो खुसी साटेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रको सफलता संगै यतिवेला निर्माण पक्षले यसको सिक्वेलको रुपमा छक्का पंजा २ पनि प्रर्दशनमा ल्याउने तयारीमा रहेका छन्। चलचित्रको टिजर तथा गित पनि रिलिज भइसकेको छ। र केही समय अघि रिलिज भएको नाइलन को सारीमा बोलको गीतले पनि निकैनै चर्चा कमाएको छ।&nbsp;</p>