साउन, काठमाडौं।

आफ्नो कमेडी, एक्शन र इमोशनल एक्टिंग मार्फत सुपरस्टार बनेका गोविंदा यतिवेला काम बेगर भएका छन्। मार्च मा गोविंदाको कमब्याक फिल्म आ गया हिरो रिलिज भएको थियो। फिल्मलाई गोविन्दा स्वयंले लेखेका तथा निर्देशन गरेका थिए। तर फिल्म बक्स अफिसमा नराम्रो सित असफल बन्न पुग्यो।

गोविंदाका फ्यानहरुमा उनको कम व्याक निकैनै सानदार हुने भन्ने लागेको थियो तर त्यस्तो हुन सकेन्। यसैविच गोविन्दा अनुराग बासुको फिल्म जग्गा जासूसमा केसमयो गर्ने भन्ने खवर पनि आएको थियो। फिल्ममा उनको लुक्स पनि बाहिरिएको थियो। तर पछि अनुरागले फिल्मबाट गोविन्दाको रोल हटाइदिए।

अनुरागले यस्तो गर्दा गोविन्दाले ट्वीट मार्फत आफ्नो दुखेसो पोखेका थिए। गोविंदाको ट्वीट पश्चात रणबीर कपूर ले उनीसंग माफी पनि मागेका थिए। यसैविच अब भने गोविन्दाको बारेमा नयाँ खवर बाहिरिएको छ।

मीडिया का अनुसार सलमान खानले गोविंदाको नाम रियालिटी शो 'झलक दिखला जा' को लागि सजेस्ट गरेका छन्। सलमानले गोविन्दा लाई यस शो को जजका लागि सजेस्ट गरेका हुन्।यस पटक झलक दिखला जा बिग बोस पछि सुरु हुन सक्ने बताइएको छ।

यस अघि 'झलक दिखला जा' 'बिग बोस' भन्दा पहिला सुरु हँदै आएको थियो। शो मा श्रीदेवी र मलाइका अरोरा जज बन्ने पनि मिडियाले बताएको छ। र गोविन्दा पनि शोमा जज बन्न सक्नेछन्। यो सबै कुरा भन्दा पनि गोविन्दा अब काम नमिलेका कारण रियालिटी शो गर्न बाध्य भएका छन्। यदि सबै कुरा ठिक भएमा गोविन्दा का फ्यानहरुले उनलाई रिगालिटी शो जज गरेको देख्न पाउन भएका छन्। एजेन्सी