<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">चलचित्रको 'लुट२' को 'ठमेल बजार'मा आइटम डान्स गरेपछि चर्चित बनेकी मोडल एलिसा राईको माग पछिल्लो समय निकैनै बढेको छ। पछिल्लो समय म्युजिक भिडियो निर्माण गर्नेहरुको नजरमा पहिलो स्थानमा उनी पर्ने गरेकी छिन्। उनको हरेक म्युजिक भिडियोहरु दर्शकहरुमा निकैनै प्रिय बन्ने गर्छ। यसै विच एलिसाले एक मिडियासंगको कुराकानीको क्रममा आफ्नो बारेमा बताएकी छिन्। </p><p style="text-align: justify; ">साथै उनले पछिल्लो समय कलाकारहरु मिडियाहरु बाट नराम्रो हुँदै आएका कारणले पनि आफुलाई मिडियासंग अन्तरवार्ता दिनै डर लाग्ने पनि बताएकी छिन्। उनले केही मिडियामा अन्तरवार्ता दिइसकेपछि उनीहरुले आफ्नो चरित्र माथिनै दाग लाग्ने खालको शिर्षकहरु राखेर बाहिर ल्याइदिने गरेको भन्दै आफुलाई यस प्रति निकैनै दुख लाग्ने बताएकी छिन्। आफुले मेहनतले कमाएको नामलाई केही मिडियाहरुले सस्तो बनाइदिने गरेको उनले बताइन्। </p>





२० श्रावण २०७४, शुक्रबार ०५:३८ 







