
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउडकी एक्ट्रेस मलाइका अरोरा केही समय अघिनै अरबाज खानसंग कानूनी रूपमा अलग भएकी थिईन्। अरवाज र मलाइका यतिवेला आफ्नो हिसाबले जिवन चलाइरहेका छन्। तर यसैविच उनीहरुको सम्बन्ध बिच्छेदको विषयमा हालै मलाइकालाई ट्रोल गर्न थालिएको छ। मलाइकाले हालै सोशल मिडियामा पोस्ट गरेको फोटो माथि एक प्रयोगकर्ताले उनको छोटो ड्रेशमा आपत्ति जनाउँदै ट्वीट गरेका छन्। उनले मलाइकाको अचेल केवल छोटा छोटा कपडा लगाउने, छुट्टि मनाउने र पति (अरवाज)को पैसा मा मोज गर्ने बाहेक अरु काम नभएको भन्दै ट्वीट गरेका थिए। त्यस्तै उनले आजकल महिलाहरुले धनी केटा संग विवाह गर्ने र पछि राम्रो पैसा लिएर डिभोर्स दिने र त्यही पैसा बाट मस्ती गर्ने भन्दै अर्को म्यासेज लेखेका थिए। </p><p style="text-align: justify; ">मलाइकाले यस्तो ट्रोल पछि भड्किँदै यसको जवाफ दिएकी छिन्। उनले आफ्नो अकाउन्टबाट युजरलाई जवाफ दिँदै भनेकी छिन् -"यस्तो प्रकारको कुरामा सामिल हुनु मेरो मर्यादा बाहिर हुन्छ्। तरपनि मलाई सामिल हुन परेको छ। तिमी सोच्दै नसोची बकवास गरिरहेका छौ। र मलाई निच देखाउन खोजिरहेको छौ। तिमीलाई अरुको जिवनको बारेमा निर्णय गर्ने बाहेक अरु काम छैन? यो कुरा प्रस्ट छ कि तिमी जिवनमा केही राम्रो गरिहेको छैनौ"। एजेन्सी</p>