साउन, काठमाडौं।

नेपाली रंगमंच तथा नाटकको क्षेत्रमा वर्षौं देखि नाम कमाइरहेकी कलाकार अरुणा कार्की पछिल्लो समय चलचित्र क्षेत्रमा पनि निकैनै चर्चा कमाइरहेकी छिन्। पछिल्लो समय नेपाली हाँस्य टेलिश्रृंखला तथा चलचित्रहरुमा निकै व्यस्त रहेकी उनले अभिनय गरेको चलचित्र मध्ये गत वर्ष प्रर्दशनमा आएको सुपरहिट चलचित्र छक्का पंजाले उनलाई दर्शकहरुमा अझै नजिक बनाएको थियो। छक्का पंजामा बुद्दि तामांग हैट को श्रिमती बनेर अभिनय गरेकी उनको रोललाई सबैले रुचाएका थिए। त्यस्तै पछिल्लो समय चर्चित हाँस्य टेलिश्रृंखला खासखुसमा पनि उनले विल्सन विक्रम तक्मे बुढाको बुढि बनेर अभिनय गरेकी छिन्।यसका साथै उनले प्रर्दशनको तयारीमा रहेको चलचित्र ग्यांगस्टार ब्लुजमा पनि अभिनय गरेकी छिन्। सानै बेला देखि नाटक गर्दै थियटरमा काम गरे संगै ठुला साना पर्दामा आइरहेकी उनी पछिल्लो समय आफुलाई विभिन्न अफरहरु आउने गरेको बताउँछिन्।

यसैविच हामीले उनै कलाकार अरुणा कार्की संग उनको करियर तथा व्यक्तिगत जिवनको बारेमा कुराकानी गरेका छौं। आज हामी आर्टिष्ट खवरसंगको अरुणाको कुराकानी प्रस्तुत गर्न गइरहेका छौं।

तपाईलाई आफुलाई के भनेर चिनाउनुहुन्छ?

म गुरुकुलको विधार्थी तथा रंगमंचको कलाकार हुँ। पछिल्लो समय भने मलाई छक्का पंजाको हैट को बुडिको रुपमा तथा युट्युबका दर्शकहरुले विल्सन तक्मे बुडाको बुढी तरुनीको रुपमा पनि चिन्ने गरेका छन्।

तपाईलाई पछिल्लो समय बुडिको रोलमा मात्र देखिन्छ्। निर्देशकहरुले किन यस्तै मात्र रोल दिनुहुन्छ?

सायद उहाँहरुले यो रोल गर्न सक्छ भन्ने सोचेर दिनु हुन्छ्होला। तर म अरु चिज पनि गर्न सक्छु । मैले गुरुकुलमा हुँदा नाटक हरु खेलेको छु र सबै चरित्र निभाएको छु। नेपालमा चाहिँ यसलाई यो सुहाँउछ भने पछि त्यै मात्र रोल दिने गरेको पाइन्छ्। त्यो चाहि गलत हो र म अहिले यसलाई तोड्न चाहन्छु। .

चलचित्र ग्यांगस्टारमा चाहिँ कस्तो भुमिका रहेको छ?

यो चाहि पारिवारिक रोल छ। कराउने गाली गर्ने भन्दा पनि फेमिलीमा कस्तो हुन्छ, एउटा आमाले कस्तो कस्तो पिडा भोग्नुपर्छ,छोरा ग्यांगस्टार बन्दा परिवारले स्वीकार गर्छ गर्दैन भन्ने दर्साएको छ।

चलचित्रमा गाली गर्ने छुच्चाी लाग्ने मान्छे घरमा चाहिँ कस्तो हुनुहुन्छ्?

घरमा म मेरो पति अनि बाबु बस्छौं। गाली गर्दिन। खासै कराउदिन त भन्दिन्। तर छुच्ची भन्दा पनि चाहिने ठाउँमा चाहि नबोली बस्दिन्। सबैले आफ्नो ठाउँमा बस्नुपर्छ भन्ने मेरो मान्यता छ।

श्रीमानले चाहिँ के काम गर्नुहुन्छ?

उहाँ सरकारी जागिर छ। यसका साथै सिनेमा आर्टमा पनि संगै काम गछौं। उहाँले सिनेमा आर्टकोे मार्केटिंग हेर्नुहुन्छ्।

थिएटरबाट आउनुभएको भन्नुभयो कति वर्ष सिक्नुभयो?

म सातमा पढ्दा देखि नाटक खेल्न थालेको हो। झण्डै २० वर्ष जति भइसकेको छ यो क्षेत्रमा लागेको ।

पछिल्लोसमय दर्शकहरुले बढी चिन्नुहुन्छ उनीहरुबाट कस्तो प्रतिकृया पाउनुहुन्छ?

खुसी लाग्छ। तर म पनि आर्थिक स्तर बडेको छैन्। अरु जस्तै पब्लिक गाडीमा हिँड्नु पर्छ। पब्लिक जस्तै क्रियाकलाप गर्नुपर्छ। दर्शकहरुले भने कलाकार भनेको अर्कै दुनियामा आएको जस्तो सोच्नुहुन्छ्। उनीहरुले कलाकार धनाढ्य हुन्छन् भन्न सोच्नुहुन्छ्। तर म चाहिँ थिएटरबाट आएको भनेर पनि म पनि अरु जस्तै हो भन्न सक्छु। र जे छ त्यै रुपमा हिँड्ने गर्छु।

सार्वजनिक यातायातमा हिँड्दा कस्तो सहज हुन्छ्?

म संधै मास्र्क लगाएर हिँडेको हुन्छु त्यै पनि दर्शकहरुले चिन्नुहुन्छ्र र उहाँहरुले कलाकार पनि यसरी हिँडेको भन्ने सोच्नु हुन्छ्। कलाकार हरु सबै चिज ले भरिपुर्ण भएको सोच्नुहुन्छ्। तर मैले चाहिँ म थिएटरबाट आएको हो। म पनि अरु जस्तै होर मात्र काम फरक हो। बाँच्ने सबैले उस्तै हो। भनेर भन्ने गर्छु।

पछिल्लो समय अफर कतिको आउन थालेको छ?

अफर त आइरहेको हुन्छ्। पहिले चाहि खेल्नु पर्छ भन्ने सोच्थे। अहिले भने आफ्नो छुट्टै रोल आउँछ र मैले नै गर्न पर्ने खालको छ भने चाहिँ गर्ने गर्छु। च्यालेन्ज गर्ने खालको रोल आएमा मात्र गर्ने गर्छु।

थिएटर बाट आउनुभएको फिल्ममा क्यामेरा एक्शन कट हुँदा भने केफरक पाउनु भयो?

थिएटरमा चाहिँ एक चोटि सुरु भएपछि कट गर्न पर्दैन। इमोशन पनि एक चोटि आएपछि त्यसैगरि फिल भइरहेको हुन्छ्। र तर फिल्ममा मलाई धेरै जसो रुने रोल हुन्छ्। म आफैं फिल निकालेर रुने गर्छु र एक दुई टेक गर्न थालेपछि को एक्टरले बिगारिदिनु भयो भने मलाई गाह्रो पर्छ। साथै थिएटरमा निर्देशकको हात हुँदैन्। आफैले स्टेजमा आएपछि कलाकारले आफ्नो ढंगबाट प्रस्तुत गर्न पाउँछन तर फिल्ममा भने त्यस्तो हुँदैन्। सबै निर्देशकको हात हुन्छ्।