साउन, काठमाडौं।

विश्व मिडिया प्रालिको आयोजनामा हुन लागेको ह्यान्डसम हंक नेपाल २०१७ को ग्राण्ड फिनाले यहि श्रावन २५ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, अब्बल साबित गर्दै आफुमा भएको प्रतिभा निखार्न ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु अहिले ट्रेनीङमा ब्यस्त भएको कुरा यस इभेन्ट म्यानेजर तथा ईभेन्टका कोरियोग्राफर नायक दिवस धितालले जानकारी गराए ।
ह्यान्डसम हंक नेपाल २०१७ मा २५ जना पुरुष प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाइसकेका छन ।जसमा सुबोध पाण्डे, प्रविन परियार, नीपुन राज श्रेष्ठ, सौगात भट्टराई, जनक जंग शाह, सुप्रत बस्नेत, मनिष गौतम, उत्तम राज पाण्डे, दिपेन्द्र सिंह कार्की, संदेश पुरी, रोमन प्रजापति, अनुप मिश्र, आशिर्बाद नेपाल , बिकाश शाह, ओम प्रकाश आचार्य, कारण पौडेल, प्रसन श्रेष्ठ, प्रमोद त्रिपाठी, रबिन देउजा, सन्दिप तामाङ, तिमेश श्रेष्ठ, समिर कामत, अरबिन सिंह, रिजन बिष्ट र श्री कृष्ण श्रेष्ठ रहेका छन् ।

प्रतियोगी युवाहरु कार्यक्रममा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरु लाइ उपयोग गर्न सबै अहिले प्रशिक्षण मा मेहनतका साथ लागि परेका छन् र बिजेता बन्नका लागि पनि कडा मेहनतका साथ आफ्नो प्रतिभालाइ निखारता दिदैछन् ।
कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरिरहेको ह्यान्डसम हंक नेपाल २०१७ सौन्दर्य प्रतियोगिता विश्व मिडिया प्रालिले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् ।कोरियोग्राफर दिवस धितालका

अनुसार यस पुरुष सौन्दर्य प्रतियोगीताले नेपाली युवाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन ।