भिषा नलागेपछि रोकियो ‘ए मेरो हजुर २’ को जापान प्रिमियर

...

<pre><b>साउन, काठमाडौं।</b></pre><p style="text-align: justify; ">नायिका &nbsp;झरना थापाको डेब्यु निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर २' प्रर्दशनको तयारीमा रहेको छ। भदौ १६ गतेबाट नेपाल भर प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्रको जापानको प्रिमियर शो भने रोकिएको छ। जापानका लागि झरना तथा चलचित्रका कलाकारहरुको भिषा नलागेपछि जापानमा प्रदर्शनको अन्तिम तयारीमा पुगेर रोकिएको हो । अगस्ट ६ मा जापानमा प्रिमियर शोका लागि आयोजकले भव्य तयारी गरेका थिए। &nbsp;तर चलचित्रका कलाकार तथा निर्देशक &nbsp;निर्माता को भिषा अस्विकृत भएपछि प्रिमियर सफल हुन सकेन्। जसका कारण चलचित्र प्रर्दशनको सम्पूर्ण तयारी पुरा गरेको आयोजक डेष्टिनी क्रियशन तनाबमा परेको छ ।कलाकार एवं निर्देशक आफूहरुको भिषा नलागेपछि जापानमा प्रिमियर शो हुन नसक्ने बताएकी छिन्। उनले आफुहरुले दुई करोड बढी लगानी गरेर बनाएको चलचित्र जापान पठाउन नसक्ने प्रतिक्रिया दिएकी छिन् ।उनले अब &nbsp;नेपालमा प्रदर्शन भएपछि मात्र जापानमा पठाउन सकिने बताएकी छिन्। &nbsp;आयोजकले तयारीका क्रममा लाखौं रकम खर्च भैसकेको बताउँदै कलाकारको भिषा नलाग्दैमा प्रदर्शन रोकिन नहुने बताएको छ ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;यो चलचित्रमा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, ओजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिन क्रिस्टल राज्यलक्ष्मी रानाको अभिनय देख्न पाइन्छ ।सो डेष्टिनी क्रियशनले जापानवासी नेपाली समक्ष माफी माग्दै चलचित्रको विक्री भएको टिकट आफूले खरिद गरेको स्थानमा गई पैसा फिर्ता लिन समेत आग्रह गरेका छन् ।</p>