
<pre><b>साउन, काठमाडौं। </b></pre><p>चलचित्र क्षेत्रका साथै राजनितीमा पनि चर्चा कमाएकी नायिका रेखा थापाले फेरि एक पटक पार्टी परिणत गरेकी छिन्। केहि महिनाअघि मात्रै माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापा अब फेरि अर्को पार्टीमा आवद्ध भएकी छिन्। उनी अब पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)मा लागेकी हुन् ।पशुपति शमशेर राणा ले पार्टी फुटाएर निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले पनि राणालाई समर्थन गर्दै नाम सनाखत गराएको बताइएको छ। </p>