
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड फिल्म इंडस्ट्रीमा एक अलग पहिचान बनाएका सुनील सेट्ठी आज आफ्नो ५६औं जन्मदिन मनाइरहेका छन्। सुनील शेट्टीले आफ्नो करियरको शुरुवात १९९२ मा फिल्म बलवान बाट गरेका थिए। र त्यतिवेला सुनील शेट्टी जबरदस्त एक्शन हीरोको रुपमा आएका थिए र अजय देवगन र अक्षय कुमार लाई पनि टक्कर दिएका थिए। उनको पहिलो फिल्म त्यति सफल नभएपनि फिल्म 'दिलवाले'ले उनलाई चिनाएको थियो। यो फिल्मबाट उनले बेस्ट सपोर्टिंग एक्टर को अवॉर्ड पनि जितेका थिए। सुनीलले आफ्नो करियरमा करीब ११० भन्दा बढी फिल्म गरिसकेका छन्। र अहिलेसम्म पनि सक्रिय छन्। </p><p style="text-align: justify; ">फिल्म 'धड़कन'को सफलता पछि उनी स्टारमा बदलिएका थिए। र ८ करोड पारिश्रमिक लिएका थिए। सुनीलले फिल्म इंडस्ट्री का साथै होटल इंडस्ट्री मा पनि निकै नाम कमाएका छन्। र यतिवेला पनि उनी आफ्नो धेरै समय व्यवसायमा दिने गरेका छन्। उनी आफ्नै होटल रोयल इन पनि चलाउँदै आएका छन् साथै उनको प्रोडक्शन हाउस र बुटीक पनि रहेको छ। आफ्नो यि व्यवसायबाट उनी वर्षमा १०० करोड कमाउने गर्छन्। पछिल्लो समय फिल्महरुमा त्यति नदेखिएपनि उनी स्टारकै नामले चिनिएका छन्। र उनको लाइफस्टाइल पनि कुनै राजपरिवार भन्दा कम छैन्। एजेन्सी</p>