साउन, काठमाडौं ।

पछिल्लो समय नेपाली म्युजीक भिडियोको क्षेत्रमा छोटो कपडा लगाएर नृत्य तथा अभिनय गर्ने होडबाजी नै चलेको पाइन्छ । बिशेषतः युट्युव केन्द्रित भिडियो भएकाले पनि यस्तो प्रवृति हाबि हुदै गएको पनि छ । कतिपय मोडलहरु आफुखुसी छोटा कपडा लगाएका हुन्छन् भने कतिपयलाई अन्जानमै त्यसरी भिडियोमा उत्रिन लगाइन्छ ।

यसैबिच नेपाली म्युजीक भिडियोको मोडलिङ क्षेत्रमा करिअर बनाउँदै गरेकी नव–मोडल एलिना रायमाझिले पनि छोटो कपडा लगाएर नृत्य गरेकोमा पछुतो मानेकी छिन् । आजभन्दा तिनबर्ष अघिबाट मोडलिङ यात्रा शुरु गरेकी एलिनाले गृहजिल्ला गुल्मि र अर्घाखाँचीमै बसेर धेरै गीतहरुमा मोडलिङ गरिन् । अहिलेसम्म ३० वटा म्युजीक भिडियोमा मोडलिङ गरेकी एलिनाले मोफसलमा बसेर १५ भन्दा बढी गीतहरुमा अभिनय गरिन् । साथै उनले काठमाडौं आइसकेपछि डेढ दर्जन म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

शुरुवातका दिनहरुमा आफुलाई यो क्षेत्रको बारेमा खासै थाहा नभएको र कस्तो कपडा लगाउदा के हुन्छ भन्ने ज्ञान नभएकोले शुरुवातमा छोटा कपडा लगाउन लगाइएको उनले बताइन् । ‘मलाई शुरुवातका दिनहरुमा केहि थाहा दिएन । यो क्षेत्रमा रुचि मात्र राखेकी थिएँ । म्युजीक भिडियो निर्माण गर्नेले छोटा कपडा लगाऊ भन्दा मैले त्यसै गरेँ, त्यो भने अन्जान थियो ।’, एलिनाले बिगतलाई सम्झिदै भनिन् । साथै उनले अहिले त्यो समयको आफ्नो अन्जानपन लाई सम्झिँदा पछुतो लागेको बताउछिन् । ‘मैले अहिले यो क्षेत्रलाई राम्रो सँग बुझ्ने मौका पाइसकेकी छु । अब त्यस्तो गल्ति कहिल्यै गर्दिन ।’, एलिना भन्छिन् । उनले आफुलाई छोटो लगाएर नृत्य गरेको मन नपर्ने बताउँछिन् । गीतका शब्दले माग्यो भन्दैमा हदसम्मको छोटो लगाएर नृत्य गर्न नहुने उनको भनाई छ ।

एलिनाले पछिल्लो समय हरिमाया रायमाझि र बिशाल रायमाझिको ‘नक्कले भिनाजु’ बोलको गीतमा नृत्य गरेकी छिन् । साथै उनको पछिल्लो समयको लोकप्रिय गीत शर्मिला रायमाझि र नेत्र भण्डारीको स्व्रमा रहेको ‘जिरो फिगर’ बोलको गीत हो । एलिनाले आफ्नो नृत्य यात्रा चलचित्र ‘उधुम’को ‘योवनको नशा’ बोलको आईटम गीतबाट गरेकी थिइन् ।

सानैदेखीको रुचिको बिषय भएकोले यो क्षेत्रमा लागेको बताउने एलिनाले आफु नायिकाको रुपमा आउन चाहेको बताउछिन् । ‘मैले सानैदेखी अभिनयको क्षेत्रमा साह्रै मन राख्ने गर्छु । मोडलिङ सँगै एक सक्षम नायिकाको रुपमा चिनिन चाहान्छु ।’, उनी भन्छिन् । उनले कुनै पनि चलचित्रमा नायिकाको भुमिकामा अफर आएमा स्विकार गर्ने पनि बताइन् । एलिनाको परिवारका दुई दिदि गायिका र एक दाई गायक हुन् ।

समाचार हिमालय टाइम्स दैनिकमा प्रकाशित छ