आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

गएको शुक्रबार बाट नेपालका बिभिन्न ठाउँमा परेको अविरल बर्षाका कारण जनधनको क्षति भइरहेको बेला नेपाली कलाकारहरु पनि सहयोगमा जुटिरहेका छन् । कतिले सहयोग रकमको घोषणा गरेका छन् भने कतिले बाढी पिडितलाई स्थलमै गएर उद्धारको काममा सहयोग पुर्याइरहेका छन् । यसैबिच चितवनको सौराहामा घर भएका लोक गायक मिलन लामा पनि बाढी पिडितका उद्धारका लागी निरन्तर लागी रहेका छन् । आफ्नो घर समेत बाढीबाट केहि प्रभावित बनेका बेला गायक मिलनले चितवन आसपासका बाढी पिडितको उद्धारमा खटिएका हुन् ।

जिल्ला बिकासको सहयोगमा एक र्याफ्टिंगको सहायताले केहि साथीभाई सँग दिनभर उद्धारमा खटिएको मिलनले बताएका छन् । साथै उनले आफु अगाडी नै बचाउनुस भन्दै आग्रह गरेका एकजनालाई बचाउन नसकेको दुख पनि सुनाए । 'हामी बाढीको दिनमा दिनभरी नै उद्धारमा खटिएका छौं तर बाढीको बिचमा मलाई बचाउनुस भन्दै छट्पटाईरहेको मान्छेलाई हामीले बचाउन सकेनौं । किनकी हामीसँग त्यहाँ सम्म जाने कुनै साधन पनि थिएन । एकदमै नराम्रो लाग्यो ।', मिलनले दुख सम्झिदै भने ।

पानीको ताल परेको ठाउँमा र्याफिटिंग लिएर कतिलाई उद्धार गरिएको तर ठुलो पानी जहाँ बेस्सरी बगिरहेको छ त्यहाँ आफुहरुनै जोखिममा परेको उनले बताए । 'यदि हामीसँग सानो 'स्टिम्बर' भयो भने जहाँ मानिसहरु बिचल्लीमा परेका छन् । डुब्न लागेका छन् त्यहाँ स्टिम्बरको सहायताबाट जान सक्छौं । तर बिडम्बना हामी सँग त्यस्तो साधन छैन ।', मिलनले भने । साथै उनले देश तथा बिदेशमा रहेर बाडि पिडितका लागी सहयोग गर्न चाहाने जोकोहिलाई पनि नगद सहयोग भन्दा केहि साथीभाई मिलेर स्टिम्बरको सहयोग गर्न अपिल पनि गरेका छन् । केहि समय अघिदेखी मात्र चितवनमा छेउकुना रिसोर्ट सञ्चालनमा ल्याएका मिलनको उक्त रिसोर्ट पनि पुर्णरुपमा डुबानमा परेको छ ।

Video Report: