बिदेशी पर्यटकको अगाडी प्राना मुण्डी ब्याण्डको मौलिक धुन

साउन, काठमाडौं ।

नेपाली मौलिक धुन सुन्नका लागी बिदेशी पर्यटकहरु लालाहित हुने गर्दछन् । यसैका लागी मात्र पनि बाह्य पर्यटकहरु नेपालका बिभिन्न ठाउँमा अवलोकनका लागी जाने गर्दछन् । कतिपय नेपालीहरु बिश्वका बिभिन्न ठाउँमा गएर नेपाली मौलिक धुनको परिचय दिइरहेका हुन्छन् । यस्तै नेपाली मौलिक धुनहरुलाई विश्व सामु चिनाउनमा ठुलो योगदान पु¥याएको ब्याण्ड हो ‘प्राना मुण्डी ब्याण्ड’ ।

नेपाल भित्र भन्दा बढी नेपाल बाहिर नेपाली धुनहरु सुनाएर बिदेशी नागरिकहरुलाई नेपाली संस्कृतिको बारेमा परिचय दिने ‘प्राना मुण्डी ब्याण्ड’ टिमद्धारा आईतबार राजधानीको एअरपोर्ट होटलमा बिभिन्न देशका पर्यटकसामु नेपाली मौलिक धुन सुनाइयो । बिशेषतः बाँसुरी तथा सारंगीको धुनबाट बिदेशी पर्यटकहरु लोभिएका थिए । साँझ ७ बजेदेखी दुई घण्टा भएको कार्यक्रममा बिभिन्न दर्जन बढी देशका पर्यटकको उपस्थिती थियो । ‘प्राना मुण्डी ब्याण्ड’ का प्रमुख प्रताप केसीले बिगत दुई दशक भन्दा बढी समय देखी आफुले बिदेशी नागरिकहरुलाई नेपाली बाजा तथा धुनहरु सुनाउँदै आएको बताए ।

‘मैले आफ्नो ‘प्राना मुण्डी ब्याण्ड’ शुरु गर्नुभन्दा अघि देखी नै यसरी बिदेशी नागरिकहरुलाई नेपाली मौलिक बाजा तथा धुनहरुको बारेमा बताउँदै पनि आएको छु । नेपालमा बनाइएका बाजा तथा धुनहरु बिदेशीहरुले धेरै नै मन पराउँछन् ।’, केसीले हिमालय टाइम्स सँग कुरागर्दै भने । अन्य ठुला कार्यक्रममा बढी ब्यस्त हुने प्रतापले उक्त होटलमा छोटो समयको कार्यक्रमका लागीमात्र सहभागी भएको बताए । कार्यक्रममा प्रतापले बाँसुरी, मनिस गन्दर्भले सारंगी, हरी शरण गुरुङले टुन्ना तथा गितार, प्रवेश महर्जनले ‘प्रक्युसनिष्ट’ बजाएका थिए । साथै कार्यक्रममा मगर तथा गुरुङ जातीको नृत्य पनि देखाइएको थियो ।

प्रतापले दिएको जानकारी अनुसार ‘प्राना मुण्डी ब्याण्ड’ टिम आउँदो ३१ अगस्टमा नेपाली बाजा सहित युरोष्ट भ्रमण गर्दैछ । युरोपका बिभिन्न आधा दर्जन बढी देशहरुमा ३५ दिनको कार्यक्रममा निस्कने बताइएको थियो ।

यो समाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।