साउन, काठमाडौं।

बलिउडका सदाबहार हिरो अमिताभ बच्चन आफ्नो रियालिटी शो कोन बनेगा करोड़पति लिएर आउँदैछन्। उनको शो शेड्यूल गर्नका लागि पपुलर टीभी शो कुछ रंग प्यार के ऐसे भी बन्द गर्न लागिएको छ। यसको अन्तिम एपिसोड २५ अगस्टमा आउने भएको छ। यस अघि अमिताभको शो को लागी टिभी शो बेहद बन्द गरिने बताइएको थियो तर अब कुछ रंग प्यार के ऐसे भी बन्द गर्ने फैसला गरिएको छ।

भारतीय मिडियाका अनुसार च्यानलको यो फैसलाका कारण यो शो बन्द गर्न लागिएको मा दर्शकहरुले विरोध गरेका छन्। अहिलेसम्म ५००० दर्शकहरुले शो बन्द हुन लागेकोमा विरोध गरेका छन्। उनीहरुले शो अझै अगाडि बढ्नु पर्ने बताएका छन्।

यस बारेमा शोका निर्माता यश पटनायकले आफ्नो शोको दर्शकहरु अनलाईन मार्फत धेरै हेर्ने गरेको र टिभी मार्फत कम देख्ने गरेको बताएका छन्। उनले आफ्नो शो को टिआरपी घट्दै गएको कारण च्यानलले शो बन्द गर्ने फैसला गरेको बताएका छन्।एजेन्सी