साउन, काठमाडौं।

कलाकार तथा निर्माता जय किशन बस्नेतले बाढी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । अविरल वर्षा पछि पूर्वि तराईका अधिकांश जिल्ला डुबानमा परे सँगै कलाकार बस्नेतले आफू निर्मित तथा अभिनित फिल्म ‘धुम २’ बाट प्राप्त सेयरको २५ प्रतिशत आर्थिक सहयोग बाढी पीडितलाई प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले देश रोइरहेको अवस्थामा भाद्र ८ रिलिज आफ्नो फिल्मबाट व्यापारिक रुपमा प्राप्त हुने सेयर पीडितलाई उपलब्ध गराउने वाचा गरेका हुन् । साथै उनले फिल्म फाइदामा गएको खण्डमा उक्त फाइदाको रकम बाढी पीडितलाई हस्तान्तरण गर्ने बताएका छन् । यस घडीमा उनको अभिव्यक्तिलाई कतिले फिल्म चलाउने फन्डाको रुपमा लिइरहदा उनले भने, ‘आम नेपाली पीडामा परेको अवस्थामा मलम लगाउने अभिप्रायका साथ मैले यो कुरा बोलेको हुँ । काठमाडौंमा घर भएको मान्छे म पैसा कमाउनको लागि यति सम्म गिर्छ भनेर सोच्नु गलत हो । यो कुनै फिल्म चलाउने फन्डा होइन् । तराई क्षेत्रका हलहरुबाट जतिपनि मलाई सेयर आउँछ त्यसको २५ प्रतिशत रकम बाढी पहिरो पीडितहरुलाई सहयोग गर्ने घोषणा गर्दछु ।’

हिमाल पहाड तराई कोही छैन पराई भन्दै उनले सबै नेपालीहरु एकजुट भई सहयोग गर्न आग्रह गरेका छन् । तराईका अधिकांश भू–भाग अविरल वर्षाका कारण डुबानमा परे सँगै सयौको ज्यान गइसकेको छ । कतिपय भने अझै बेपत्ता छन् । प्राकृतिक विपत्तीका कारण यस्ता समस्या आम नेपालीले बर्षेनी व्यहोर्दै आइरहेका छन् ।

जय स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस फिल्ममा जय किशन बस्नेत, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, सृजना भट्टराई, शोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।