बिदुर र अतिले ल्याए तिज गीत ‘घिन घिन मादल’ (भिडियो)

साउन, काठमाडौं।

नजिकैं आईरहेको महिलाहरुको पर्व तिजको उपलक्ष्य पारि हेटौडेली गायक बिदुर हुमागाँईले नया तिज गीत सार्बजनिक गरेका छन् । ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रा.लि.ले बजारमा ल्याएको घिन घिन मादल बोलको यस गीत निकैनै राम्रो बनेको छ।

यसअघि पप र आधुनिक गीत मात्र गाएका गायक हुमागाँईले पहिलोपटक उक्त तिज गीतमा आवाज दिएका हुन् । गायक हुमागाईकै शब्द,संगीत र आवाजमा उक्त गीतमा महिला पात्रको आवाज अति लामाले दिएकि छिन् । गीतलाई लक्षित गरि सार्बजनिक गरिएको उक्त गीतलाई बुद्ध सायमीले एरेन्ज गरेका हुन् ।

मकवानपुरे कलाकारहरुद्वारा अभिनित उक्त गीत गायक हुमागाईको ‘घिनघिन मादलु’ एल्बममा समावेश गरिएको छ । मकवानपुरका विभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई बिक्रम लुङ्वाले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक लुङ्वाको साथमा दीपशिखा लामाको फिचरिङ रहेको छ । सुजन मग्रातीको छायांकन रहेको उक्त भिडियोलाई बिक्रम लुङ्वाले सम्पादन गरेका हुन् ।