प्रिमियरबाट ‘भूइँमान्छे’ले पायो राम्रो प्रतिक्रिया

भदौ, काठमाडौं।

आँउदो शुक्रबारबाट देशैभरी एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘भूइँमान्छे’ को मंगलबार राजधानीको बिग मुभिजमा रेड कार्पेट प्रिमियर गरिएको छ। । चलचित्रकर्मि, अतिथि तथा चलचित्रपत्रकारहरुको उपस्थितीमा गरिएको प्रिमियरबाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । २ सय बढी व्यक्तिहरु उपस्थित रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापतिसँगै निर्देशक(निर्माताको पनि उपस्थिती थियो । पोष्टमार्टम गर्ने मानिसको कथामा बनेको ‘भूइँमान्छे’ मा कलाकार रमेश बुढाथोकी मुख्य भुमिकामा छन् भने उनको साथमा नव–नायिका सिपोरा गुरुङ छिन् । चलचित्रमा यी दुइृ कलाकारकोे प्रेम निकै रोचक देखिन्छ ।

कलाकारको अभिनयदेखि निर्देकीय पक्षलाई दर्शकहरुले निकै रुचाएका थिए । प्रिमियरमा निमन्त्रणालाई स्विकार्दे पुगेका नेपाली कांग्रेसका नेता महेश आचार्यले ‘भूइँमान्छे’को कथावस्तुले मन छोएको बताएका थिए । ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । चलचित्रलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । चलचित्रलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।